NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षडयन्त्रको शिकार नभएको र नहुने स्पष्ट पारेका छन् ।

आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सो कुरा स्पष्ट पारेका हुन् । उनले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन ।’

साथै उनले कुनै दवावमा परे आफूले झेल्छु तर स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नु भनेर प्रहरीलाई बताएको पनि जनाएका छन् ।

‘भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन । यस मामिलामा नेपाल सरकार र प्रहरीको संयन्त्र स्पष्ट छ । यही आधारमा स्वतन्त्र भई अनुसन्धान गरी कुनै पनि दोषी नउम्किउन् र निर्देश नपरुन् भन्ने सिद्धान्तका साथ हामीले काम गरिरहेका छौँ,’ उनले भने ।

कुनै पनि पार्टी वा नातागोताका आधारमा अपराधलाई संरक्षण नगरिने भन्दै उनले बाहिर चर्चामा आएका व्यक्तिका सम्बन्धमा तथ्य र प्रमाण पुगेका जुनसुकै बेला प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्ने उनले बताए ।

नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष