NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

करोडौं रकम हिनामिना गरी फरार मेयर निलम्बित

काठमाडाैं । स्थानीय निक्षेपकर्ताका करोडौं रकम कुम्ल्याएको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पार्टीबाट निलम्बित भएका छन् । उनलाई नेकापा एमालेले पार्टीबाट निलम्बन गरेको हो ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीमाथि इमेज बचत तथा ऋण सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको थियो ।

नेपाली उक्त संस्थाको अध्यक्षसमेत हुन् ।

तलबभत्ता नलिएर लाेकप्रिय भएका मेयर करोडौं रकम हिनामिना गरी सम्पर्कबिहीन