NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

तेस्रो चरणमा १० हजार कर्मचारी कटौती गर्दै फेसबुक

एजेन्सी । अर्बपति मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटामा फेरि सेयर अफ फेज सुरु भएको छ। कम्पनीले तेस्रो चरणमा १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन् । यसभन्दा अघि कम्पनीले पहिलो चरणमा ११ हजार र दोस्रो चरणमा १० हजार कर्मचारी कटौती गरिसकेको छ ।

बिजनेश टुडेका अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मार्च २०२३ मा कम्पनीको दोस्रो चरणको कटौतीको बारेमा बताएका थिए । त्यतिबेला नै उनले तेस्रो चरणको कर्मचारी कटौती हुने संकेत गरेका गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो चरणमा यति धेरै कर्मचारी हटाउने यो पहिलो ठूलो प्राविधिक कम्पनी बनेको छ । कर्मचारी कटौतीले कम्पनीका विभिन्न सेक्टरमा काम गर्ने कर्मचारीलाई असर गर्ने अपेक्षा गरिएको छ ।

केही कर्मचारीहरूले LinkedIn मा भनेअनुसार मार्केटिङ, बिक्री, साइट सुरक्षा, कार्यक्रम व्यवस्थापन, सामग्री वर्ग र कर्पोरेट संचार क्षेत्रका टोलीलाई असर पुगेको  छ ।  अहिले धेरै मानिसहरूले आफ्नो जागिर गुमाएका छन्।