NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुनको मूल्य पुन: घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य शुक्रबार पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँले घटेर एक लाख  ८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख सात हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।