NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

पशुपतीको जलहरीमा भ्रष्टाचार गरेको भन्ने आरोपमाथि विरोध जनाउँदै एमालेले संसद अवरोध गरेको हो । माओवादी सांसद लेखनाथ दाहालले एमालेमाथि उक्त भ्रष्टाचारको आरोप लगाएका हुन् ।

सो अवरोध पछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित भएको जानकारी दिएका हुन् ।