NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

५० हजार रूपैयाँ घुस लिएपछि वडाध्यक्ष र सचिवविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित जनकपुर उपमहानगरपालिका वडा नंबर ११ का वडाध्यक्ष र सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायले सेवाग्राहीबाट ५० हजार रूपैयाँ घुस लिसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।

उनीहरू द्वयले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुल्चुकाको रोहबरमा दस्तखत गर्न घुस माग गरिरहेको भन्ने उजुरी परेको थियो । सोही सूचनाको आधारमा आयोगको बर्दिबासको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।

आयोगको अनुसन्धानमा उनीहरूले मिलेमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुल्चुकाको रोहबरमा सहिछाप गर्न घुस लिएको पुष्टि भएको छ ।

दुवैलाई ५० हजार रूपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।