NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब आन्तारिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब १३ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आइतबार दिउँसो ३ बजेसम्म  बोलकबोल गरिसक्नुपर्ने जनाएको  छ  ।

राष्ट्र बैंकका अनुसार २९ अर्ब १३ करोड रूपैयाँमध्ये ४ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको  छ ।

राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन  २०८० साल असार १२ गते परिपक्क हुने छ । ९१ दिनको लागि ७ अर्ब १३ रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र १२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर १२ गते परिपक्क हुनेछ ।

३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ ।