NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रेशम चौधरीलाई आममाफी दिने प्रस्तावको पत्र गृहमै फिर्ता

काठमाडौं । कैलालीका पूर्वसांसद रेशम चौधरीले आफ्नो सजाय माफ गर्न राष्ट्रपति कार्यालयमा पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता भएको छ।

उनलाई कैदमुक्त गराउनका लागि पठाइएको उक्त आममाफीको प्रस्ताव प्रचलित कानुन, सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै फिर्ता पठाइएको हो ।

चौधरी वि सं २०७२ भदौ ७ मा सातजना सुरक्षाकर्मी र एक नाबालकको हत्याको आरोपमा दोषी ठहर भइ कारागार चलान भएका हुन् ।

अदालतले तोकेको जन्मकैदको सजाय स्वरुप उनले २० वर्ष जेल सजाय बिताउनुपर्ने छ । उनी पाँच वर्षदेखि जेलमा छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष