NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

केही समयभित्रै भ्रष्टाचारविरुद्ध अर्को ठूलो कदम चाल्छौं : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै भ्रष्टाचारविरुद्ध सरकारले अर्को ठूलो कदम चाल्ने बताएका छन् ।

पार्टीनिकट प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा तथा २१ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारविरुद्ध सरकारले ठूला ठूला एक्सन लिने र त्यसले तरंग पनि ठूलै ल्याउने बताए ।

‘केही समयभित्रै भ्रष्टाचारविरुद्ध ठूला– ठूला एक्सन हुनेछन् । त्यसले ल्याउने तरङ्ग पनि ठूलै हुनेछ,’ उनले भने । जनयुद्धमा जस्तै भ्रष्टाचारविरुद्धको माओवादी कदममा पनि आम जनताको साथ र सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

भ्रष्टाचारविरुद्ध अर्को ठूलो कदम चाल्ने बताए पनि उनले कुन प्रकरण हो भन्ने खुलाएनन् ।

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै एउटा तत्त्व असफल पार्न लागेको र त्यसलाई तोडेर आफू अघि बढेको उनले बताए ।

फरक प्रसंगमा उनले शहीद, बेपत्ताको सपना आफूले नभुलेको र त्यसलाई पूरा गर्न अहिले अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आएको बताए ।