NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बानेश्वरमा कुटिए युवराज सफल

काठमाडौं । रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर गरेर चर्चामा आएका युवराज सफलमाथि कुटपिट भएको छ ।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित  कार्यक्रममा सहभागी सफलमाथि एउटा समूहले शनिबार कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन पुगेका सफललाई युवाहरूको समूहले  जिस्काएको थियो । नाराबाजी गर्दै उनीहरूले भनेका थिए– युवराज सफल चोर हो, फटाहा हो ।’

आफूविरुद्ध नाराबाजी भएलगत्तै सफलले प्रतिक्रिया जनाएका थिए । त्यसपछि बसेर नाराबाजी गरिरहेका युवाहरूको समूह ‘तिम्रोबारे बोल्न हुन्न’ भन्दै आक्रमणमा उत्रिएका थिए ।

प्रहरीले आक्रमणमा संलग्न सोम शर्मा र विप्लव खड्कालगायतलाई नियन्त्रणमा लिएको छ ।

रविविरुद्ध श्रृंखलाबद्ध रूपमा मुद्दा दायर गरेपछि सफल विवादमा र चर्चामा रहँदै आएका छन् । शुक्रबार मात्रै एक टेलिभिजन कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध यज्ञ न्यौपानेमाथि हातपात गरेका थिए ।

धमलाको ‘टक शो’मा युवराज सफलले कुटे रवि लामिछानेका अधिवक्ता

 

ताजा अपडेट

नेपालवाच विशेष