NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यसरी कुटिएका थिए बानेश्वरमा युवराज सफल (भिडियोसहित)

काठमाडौं । रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर गरेर चर्चामा आएका युवराज सफलमाथि कुटपिट भएको छ ।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित भ्रष्टाचारविरुद्धको एउटा कार्यक्रममा सहभागीले शनिबार सफलमाथि कुटपिट गरेका हुन् ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन पुगेका सफललाई युवाहरूको समूहले  सुरुमा जिस्काएका थिए । नाराबाजी गर्ने क्रममा उनीहरूले सफललाई चोर र फटाहा भएको बताएका थिए ।

आफूविरुद्ध नाराबाजी भएपछि सफलले तीव्र प्रतिक्रिया जनाउँदै असन्तुष्टि जाहेर गरेका थिए । सामाजिक सञ्जालमा प्रसारित भिडियोमा त्यसपछि नाराबारी गर्ने युवाले ‘तिम्रोबारे बोल्न हुन्न’ भन्दै आक्रमणमा उत्रिएको देखिन्छ ।

प्रहरीले आक्रमणमा संलग्न सोम शर्मा र विप्लव खड्कालगायतलाई नियन्त्रणमा लिएको छ ।

रविविरुद्ध श्रृंखलाबद्ध रूपमा मुद्दा दायर गरेपछि सफल विवादमा र चर्चामा रहँदै आएका छन् । शुक्रबार मात्रै एक टेलिभिजन कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध यज्ञ न्यौपानेमाथि हातपात गरेका थिए ।

हेर्नुहोस् भिडियो