NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

लोक सेवाको पुनः आवेदन दिने समय थपियो

काठमाडौं । लोक सेवा आयोगले यसअघि दरखास्त आह्वान भइसकेका ६ पदमा पुनः आवेदन दिन दोस्रो पटक ताकेता गरेको छ ।

सर्भरमा आएको समस्याले सबै डाटा उडेपछि आयोगले गत वैशाख २० मा विभिन्न पदमा पुनः दरखास्त दिन आह्वान गरेको थियो । उक्त समयसीमाभित्र सबैले आवेदन पेश नगरेपछि आयोगले पुनः प्रक्रियामा सामेल हुन अनुरोध गरेको हो ।

आयोगले आइतबार सूचना प्रकाशित गरी शाखा अधिकृत, नायब सुब्बालगायत विभिन्न ६ पदका उम्मेदवारलाई आवेदन दिन भनेको छ ।

यसअघि आवेदन बुझाएर पनि पछिल्लो प्रक्रियामा सामेल नभएकाहरूलाई जेठ १८ गतेसम्मको समय दिइएको आयोगले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष