NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सुनको मूल्य निरन्तर ओरालो, चाँदी घट्यो

काठमाडाैं । बिहीबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख  ८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख सात हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।