NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१० महिनामा दुई हजार ९०० विद्युतीय गाडी आयात

काठमाडौं । विश्वभर उच्च मूल्यमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपालमा पनि इन्धनको भाउ आकाशिएको छ ।  त्यसकै परिणामस्वरूप पछिल्लो समय नेपालमा विद्युतीय सवारीमाथि मानिसको आकर्षण बढ्दै गएको छ ।

भन्सार विभागको अनुसार चालु आव ०७९/८० को १० महिना अर्थात साउनदेखि वैशाखमसान्तसम्ममा ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको २ हजार ९ सय ५५ वटा चार पाँग्रे विद्युतीय गाडी आयात भएको छ । चार पांग्रे विद्युतीय सवारीमा कार, जीप र भ्यान आयात भएका छन् ।

तथ्यांकअनुसार उक्त मूल्य बराबरको विद्युतीय गाडी आयात गर्दा नेपाल सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

वैशाखमा मात्रै ५०४ वटा आयात

भन्सार विभागका तथ्यांकअनुसार वैशाखमा मात्रै १ अर्ब ५७ करोड ५६ लाख २१ हजार रुपैयाँको ५०४ वटा विद्युतीय गाडी आयात भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष