NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

स्वास्थ्य ठिक नभएको भन्दै बयान दिन राईको आनाकानी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासातमा रहेका इन्द्रजित राईले बयान दिन आनाकानी गरेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारसमेत रहेका उनले स्वास्थ्यमा समस्या देखाउँदै बयान दिन नमानेका हुन् ।

राईले यसअघिको बयानमा पनि आफू सुगर प्रेसरको बिरामी रहेको र धेरै नबोल्ने भन्दै बयानमा आनाकानी गर्दै आएका छन् ।

यस प्रकरणमा अहिलेसम्म प्रहरीले १७ जनालाई पक्राउ गरिसकेको छ । जसमा एमालेका निवर्तमान सचिव टोपबहालुर रायमाझीदेखि पूर्व गृहमनत्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पौडेलसमेत छन् ।

उनीहरूसहित ३० जनालाई प्रतिवादी बनाएर गत बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएका १३ प्रतिवादी फरार छन् ।