NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महिनावारीको समयमा कति पटक प्याड फेर्ने ?

एजेन्सी । महिनावारी महिलाको प्राकृतिक चक्र हो । जुन हरेक महिना हुन्छ । महिवारीको समय शरीरको हेरचाह जति आवश्यक छ त्यति नै स्वच्छता पनि । यो समयमा छिट्टै संक्रमण हुने जोमिक भएकाले सरसफाइ आवश्यक छ । त्यसैले महिलालाई सरसफाइबारे सचेत गराउने उद्देश्यले हरेक वर्ष मे २८ का दिन विश्व महिनावारी स्वच्छता दिवस मनाइन्छ ।

महिनावारीमा खाने खानादेखि शरीरको स्वच्छतासम्मको ख्याल राख्नुपर्छ । पोषिलो खाना र गुणस्तरीय प्याड महिनावारीको आवश्यकता हो । यसमा लापरवाही गर्दा शरीरमा संक्रमणजन्य रोगको जोखिमसमेत बढ्छ ।

अधिकांश महिलाहरु महिनावारीको समयमा प्रयोग गरिने प्याड लामो समयसम्म लगाइराख्ने तथा उचित समयमा समेत परिवर्तन नगर्ने गर्छन् । जसले शरीरमा अन्य समस्या निम्याउँछ । त्यसैले महिनावारीको समय कति पटक प्याड फेर्ने भन्ने बारेमा बुझन जरुरी छ । महिनावारीमा प्रयोग गरिने प्याड प्रत्येक तीनदेखि चार घण्टामा परिवर्तन गर्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।

हरेक महिलाको महिनावारीको स्वरुप फरक हुन्छ । कसैमा कम रगत प्रवाह हुन्छ भने कसैमा बढी । त्यसैले रक्तस्राव अनुसार प्याड परिवर्तन गर्नुपर्छ । लामो समय एउटै प्याडको प्रयोगले ब्याक्टेरिया तथा भाइरसहरु सक्रिय हुन्छन् र संक्रमण फैलिन्छ । जसले भयावह रोगको मुखमा पनि पुर्याउन सक्छ । महिनावारीमा समय समय प्याड फेर्नु जति आवश्यक छ त्यति नै आफ्नो योनी सफा गर्न पनि जरुरी छ ।

प्याड फेर्नु अघि वा पिसाब फेरेपछि यौनाङ्ग सफा पानीले धुनु पर्छ जसले संक्रमण हुन पाउँदैन । महिनावारीको समयमा आफूले प्रयोग गर्ने प्याडमा पनि ध्यान दिनुपर्छ । कम गुणस्तर भएका प्याडले संक्रमण गराउने जोखिम अझ प्रबल भएर जान्छ । त्यसैले स्वस्छ महिनावारीका लागि गुणस्तरीय प्याडको प्रयोग गर्नुपर्छ ।

महिनावारीमा धेरै रक्तस्राव भएमा के गर्ने ?

महिनावारीको समयमा कसैलाई अत्यधिक रक्तश्रावकोसमेत हुन्छ । यस्तो समयमा भने अझ बढी सर्तक हुनुपर्छ । यदि तर्पालाई यस्तो समस्या छ भने प्याडसँगै ‘प्यान्टी लाइनर’ को पनि प्रयोग गर्नुहोस् । यसले लिकेज हुन पाउँदैन् । रक्तस्राव बढी हुने महिलाले प्याडसँगै सफा कटनको कपडापनि प्रयोग गर्न सक्छन् ।