NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

यसैगरी मूलपानीमा रहेका क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बजेट बिनियोजन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार आगामी बजेटमार्फत सो घोषणा गरेका हुन् । योसँगै काठमाडौंमा सूवर्णशमसेर, विराटनगरमा गिरिजाप्रसाद कोइराला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला क्रिकेट मैदान निर्माण गरिने भएको छ ।