NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

धरानका मेयर हर्कको आक्रोस – मेरो नाम लिएर पार्टी विस्तार गर्ने काम नगर्नू

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । साथै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् ।

‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’

उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छ । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।

‘मेरो नाम लिएर आफ्नो दोकान चलाउने, पेट पाल्ने काम कसैले नगर्नू,’ उनले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष