NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भारतको जम्मुमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । जम्मुमा मंगलबार बिहान एउटा बस खाडलमा खस्दा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार, अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटलीको गहिरो खाडलमा खसेर दुर्घटना भएको हो ।

उद्धार र राहत कार्यमा संलग्न सिआरपिएफ अधिकारी अशोक चौधरीले दुर्घटनालगत्तै घटनास्थल पुगेर घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको जानकारी दिए ।

दुर्घटनामा सामान्य घाइते भएका अन्य १२ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । सोही क्रममा गम्भीर घाइते ४ जनालाई सरकारी मेडिकल कलेज र अस्पताल लगिएको छ ।

बसमा बिहार क्षेत्रका मानिस सवार थिए ।