NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रियलमी नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा आउँदै

काठमाडाैं । रियलमीले एन सिरिजअन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ ।

रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ । यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट (कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउने कम्पनीको भनाइ छ ।

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडलनार्जो एन ५३

यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्दीतिय क्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ । यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो ।

ब्याट्रिको असली पावर हाउस नार्जो एन ५५

नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतीमा फोन चार्ज हुन्छ । त्यस्तै यसमा गज्जबका फोटोग्राफि फंक्सन भएका ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ । साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक ¥याम, रियलमि युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ ।