NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एनएमबी बैंकमा पेस्तोल देखाएर ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीस्थित एनएमबी बैंककमा केही अज्ञात समूहले पेस्तोल देखाएर लुटपाट गरेका छन् ।

उनीहरूले बैंकबाट ३५ लाख रूपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए ।

मल्लका अनुसार आज दिउँस १२ बजेर २५ मिनेटमा उक्त घटना घटेको हो । लुटपाटमा संलग्न चारजना हाल फरार छन् ।