NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाली स्मार्टफोन मार्केटमा रेड्मी १२ सी,  कुन भेरियन्टको मूल्य कति ?

काठमाडाैं । नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्य का सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट भएको कम्पनीको दाबी  छ । सुरुवाती मूल्य करिब रु. १३ हजार रूपैयाँ रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दै आएको छ ।

रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३ हजार ४९९  रहेको छ ।  थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी + ६४जीबी   भेरियन्ट मात्र रु १४ हजार ४९९. र  ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६ हजार ९९९ मा उपलब्ध छ ।

बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन्। साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो  फोटो खिच्न सक्छ  । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा  परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण हो ।