NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीको भारत भ्रमणअघि ओली – नक्सा सच्याउनुस् भन्न नसक्ने हो भने किन जाने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपालको भूमि समावेश गरेको विषयको विरोध गरेका छन् ।

आफूलाई विश्वकै नमुना लोकतान्त्रिक भन्ने भारतले यस्तो व्यवहार गर्न नसुहाउने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा उनले यसबारे प्रधानमन्त्रीले स्पष्ट रूपमा कुरा राख्नुपर्ने बताए । नक्सा परिवर्तनबारे विषय राख्न नसक्ने हो भने उनले प्रधानमन्त्री प्रचण्डलाई भारत नजान सुझाएका छन् ।

‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुहोस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ,’ उनले भने, ‘त्यत्ति कुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ? किन जाने ?’

भारतले आफ्नो नवनिर्मित संसद भवनमा नेपाललगायत छिमेकी मुलुकको पनि भूमि समावेश गरेको छ । जसमा नेपालको रूपन्देही र कपिलवस्तु जिल्लासँगै पाकिस्तानको तक्षशीलालाई समेटिएको छ ।

यो विवादस्पद नक्साबारे अहिले राजनीतिक वृत्तामा चर्को विरोध भइरहेकोछ ।