NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

परीक्षाको तयारी कसरी गर्ने ?

एजेन्सी । परीक्षा भन्ने बित्तिकै व्यक्ति तनाव र चिन्तामा देखिन्छन् । हरेककाे चाहना हुन्छ राम्रो अंक ल्याएर परीक्षा पास गर्ने तर उचित तयारी नहुँदा यसबाट अधिकांशकाे परीक्षा बिग्रने गर्छ ।

जसले  मनोबलसमेत घटने हुन्छ । र उनीहरुमा पढाइको जागर चल्दैन् । धेरै पटक वरपरको वातावरण अनुकुल नहुँदा पनि पढाइमा मन नलाग्ने हुन्छ र परीक्षा विग्रन्छ ।

कसरी गर्ने व्यवस्थापन ?

ध्यान विकेन्द्रीकृत हुने साम्रगी वरपर नराख्नुहोस्

कुनै अवस्थामा विद्यार्थीलाई वरपरको सामानले पनि ध्यान विकेन्द्रीकृत गरिरहेको हुन्छ । जसले उनीहरु पढन बसे पनि पूर्ण रुपमा पढाईमा फोकस हुन पाउँदैनन् ।

त्यसैले पढन बस्दा त्यस्ता चीजहरू आफूबाट टाढा राख्नुहोस् जसले तपाईंको पढाइको ध्यानमा बाधा पु-याउँछ। जस्तै मोबाइल र टिभि ।

अनुशासित भएर अध्ययन गर्नुहोस् 

कुनै पनि परीक्षाको तयारी गर्दा अनुशासित अध्ययन गर्नु अति आवश्यक छ। अनुशासित र ध्यान दिएर पढ्दा यसले ध्यान यताउता जना पाउँदैन् र पढाइमा मन पनि लाग्छ । यदि अनुशासितसँग बस्न ग्राहो भएको छ भने पढ्नु अघि १०देखि १५ मिनेठ ध्यान गरेर पढ्न बस्नुहोस् । ध्यानले तपाईको मस्ष्कि एकै ठाउँमा केन्द्रीत गर्छ ।

शरीरलाई आराम दिनुहोस्

परीक्षाको समय धेरै जनाको बानी एकोहोराे पढी रहने हुन्छ । परीक्षाको चिन्ताले अध्ययन गर्दा अधिकांशले शरीरमा आराम चाहेकोसमेत पत्तो पाउँदैनन् । जसले उनीहरुले पढेको कुरा दिमागमा बस्दैन् ।

त्यसैले पढ्दा केही समय आफ्नो शरीरलाई पनि आराम दिनुपर्छ । ३० मिनेट अध्ययन गर्दा ५ मिनेट ब्रेक लिदापनि हुन्छ । यसले शरीर र मस्ष्कि दुवैलाई आराम दिन्छ भने तपाइले पढेको कुरा पनि सहजै बुझन सकिन्छ । धेरै भार हुँदा यसले परीक्षा थप बिग्रने जोखिम पनि रहन्छ ।

पढ्ने ठाउँ उपयुक्त खोज्नुहोस्

अध्ययन गर्ने वातावरण तथा ठाउँ राम्रो र उपयुक्त हुँदा पढाइमा थप मन जान्छ । शान्त र होहल्ला नभएको वातावरण अध्ययनका लागि उचित हुनुका साथै यसले तपाईलाई थप उर्जा दिन्छ । त्यसैले अध्ययन पूर्व उचित वातावरणको चयन गर्नुहोस् र पढ्नुहोस् ।