NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ओ ब्लड ग्रुपकाे विशेषता

एजेन्सी । जसरी हाम्रो शरीरको बनावट फरक हुन्छ । त्यसैगरी सबैको रक्त समुह पनि फरक फरक हुन्छ । रक्त संरचना व्यक्तिपिच्छे फरक फरक हुन्छ । रगत चार प्रकारका हुन्छन् ए बी,एबी र ओ ।

हाम्रो रक्त समूह हाम्रो रातो रक्त कोशिकाको सतहमा कुन एन्टिजेनहरू छन् भन्नेमा निर्भर गर्दछ ।

केही अध्ययनहरुका अनुसार निश्चित रक्त समूह भएका व्यक्तिहरूमा विशेष गुणहरू हुन सक्छन्।

एक अध्ययनमा ओ ब्लड ग्रुप भएको व्यक्ति अन्य ब्लड ग्रुप भएका व्यक्तिको तुलनामा खास विशेषता हुने देखाएको छ ।
यस ब्लड ग्रुपलाई विश्वब्यापी रक्तदाता समुह पनि मानिन्छ ।

अर्थात ओ ब्लड गु्रप भएका व्यक्तिले सबै व्यक्तिलाई रगत दिन सक्छन् । अनुसन्धानका अनुसार ओ ब्लड भएका व्यक्तिमा मुटु रोग, केही प्रकारको क्यान्सर, मलेरिया आदिको जोखिम कम हुन्छ ।

त्यसैगरी ओ ब्लड भएका मानिसमा ए, एबी र बी ब्लड गु्रप भएको व्यक्तिको तुलनामा पेटको क्यान्सर हुने सम्भावना कम हुन्छ। विशेष गरी, टाइप ए रगत भएकाहरुलाई कोलोन क्यान्सर हुने सम्भावना बढी देखाइएको छ।

तनावले शरीरको कोर्टिसोल हर्मोनको स्तर बढाउँछ । ए रगत समुह भएका व्यक्तिमा कोर्टिसोलको स्तर उच्च हुन्छ । जसले तनावको परिस्थितीलाई सामना गर्न कठिन हुन सक्छ । जबकि यो ओ रक्त समुह भएको व्यक्रिमा यसको जोखिम कम हुन्छ ।