NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६४ पैसा कायम भएको छ ।

बुधबार युरोपियन युरो एकको खरिदर १४१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३४ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ६८ रूपैयाँ ७८ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ २१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८१ पैसा कायम छ ।

सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ १५ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ४२ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ४६ पैसा कायम भएको छ ।