NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हरिकृष्ण कार्कीविरुद्ध परेको रिट निवेदन सर्वोच्चले गर्‍याे दरपिठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ ।

कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित रिट लिएर ध्रुवलाल श्रेष्ठ सर्वोच्च पुगेका थिए। तर सो रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो ।

कार्कीलाई गत २५ बैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरिएको थियो ।