NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चार दिनका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

उनी आज नेपाल एयरलाइन्सको जहाजमार्फत भारत गएका हुन् ।

उनको विदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरू पुगेका थिए ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो पटकको भारत भ्रमण हो ।