NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

खनाललाई दुर्व्यवहार गर्नेमाथि कडा कारवाही गर्न सरकारसमक्ष एकीकृत समाजवादीको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि मंगलबार अभद्र व्यवहार भएकोमा एकीकृत समाजवादीले गम्भीर आपत्ति जनाएको छ ।

सो पार्टीका सम्मानित नेतासमेत रहेका खनालमाथि पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले होहल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार गरेको आरोप लगाएको छ ।

उक्त कार्यको घोर भत्सना गर्दै । घटनामा संलग्न रहेका उत्श्रृंखल व्यक्तिहरूलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । खनाल सहभागी भएको कार्यक्रममा आफूलाई राजावादी भन्ने युवाहरूले पूर्वराजा ज्ञानेन्द्रलाई अपमान गरेको भन्दै उनीमाथि खनिएका थिए ।