NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा रविको आपत्ति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

बुधबार सभापति लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै सो आपत्ति जनाएका हुन् । उनले स्टाटसमार्फत नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध भएको टिप्पणी गरेका छन् ।

यस्तो छ उनको स्टाटस :