NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडौं । चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृति झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उनलाई भारतमा स्वागत गरिएका ब्यानरहरु पनि सडकका किनारमा राखिएको थियो ।

यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु तथा उद्योगी, व्यवसायीहरुको सहभागीता छ ।

आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् ।

आज साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

उनी आज नेपाल एयरलाइन्सको जहाजमार्फत भारत गएका हुन् । उनको विदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरू पुगेका थिए ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो पटकको भारत भ्रमण हो ।