NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गर्मीको खानपान कस्तो हुनुपर्छ ?

एजेन्सी । मौसम अनुसार हाम्रो शरीरको माग पनि फरक हुन्छ । त्यसैले त गर्मी र जाडोमा खाने खानपानदेखि लगाउने कपडासम्म फरक चाहिन्छ । हामीले खाने खानले नै गर्मी मौसममा हाम्रो शरीरको हेरचाह गर्छ । मौसम अनुकुल खाना खाँदा स्वास्थ्य पनि स्वथ्य हुन्छ । गर्मीमा तापक्रम अत्यधिक हुँदा यो समय शरीरमा डिहाइड्रेसनको समस्या अधिक देखापर्छ । जसले धेरै प्रकारका स्वास्थ्य समस्या निम्तिन्छ ।

अत्याधिक गर्मीका कारण रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसले रोगको चपेटामा सहजै पुगिन्छ । हाम्रो शरीरको त्रिदोष अर्थात (वात, पित्त र कफ) पनि यस मौसममा असन्तुलित हुन्छ । जसले पाचन प्रणालीलाई असर गर्छ । यसै कारण गर्मीमा मौसम अनुकुल खानाको सेवनलाई जोड दिनुपर्छ र प्रशोधित खाना त्याग्नु पर्छ ।

के खाने ?

गर्मी मौसममा निम्न खानेकुराहरूको सेवनलाई बढाउन सकिन्छ

मौसमी फलफूल

गर्मीमा मौसम फलफूल खानु पर्छ । यसले स्वस्थ शरीरका साथै शरीर पनि हाइड्रेट राख्छ । मेवा, खरबुजामा भिटामिन सी र ए पाइन्छ । यसमा पोटासियम पनि हुन्छ । जसले शरीरमा इलेक्ट्रोलाइट कायम राख्न मद्दत गर्छ।

सलाद

सलाद हाइड्रेटिंङ फूड हो । गर्मीमा काँक्रो, गाँजर, मुला जस्ता ताजा सलादको सेवन गर्नपर्छ । यी खानेकुराले शरीरको तापक्रमलाई नियन्त्रण गर्न र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छन् ।

नरीवल पानी

गर्मीमा शरीरका लागि नरिवलको पानी निकै फाइदाजनक हुन्छ । यसमा पोटासियम, म्याग्नेसियम, सोडियम जस्ता इलेक्ट्रोलाइटहरू हुन्छन्। यसले गर्मीमा पसिनाको रूपमा शरीरलाई तरल पदार्थको कमीबाट बचाउँछ र शरीरलाई हाइड्रेटेड राख्छ ।

दही

दहीमा प्रोबायोटिक्स हुन्छ जुन राम्रो ब्याक्टेरिया हो र यो पाचन प्रणालीको लागि पनि लाभदायक हुन्छ। यसले शरीरको गर्मी कम गर्न र पेटसँग सम्बन्धित समस्याहरूबाट टाढा राख्छ ।

के नखाने ?

मसालेदार खाना

गर्मीमा मसालेदार र भुटेको खानेकुरबाट टाढै बस्नु पर्छ । यसको सेवनले शरीरको तापक्रम बढ्छ र तपाईलाई पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

कफी

कफीले मूत्रवर्धकको रूपमा काम गर्छ । यसले डिहाइड्रेसनको समस्या अधिक गराउँछ । त्यसैले गर्मीमा कफीको विकल्पमा फलफूलको जुसहरु खान सकिन्छ ।

चिनीयुक्त पेयपदार्थ

गर्मीमा एनर्जी ड्रिंक्स, कोल्ड ड्रिंक्स वा सोडा जस्ता चिनीयुक्त पेयपदार्थ सेवन गर्नुहुँदैन । यसले शरीरमा डिहाइड्रेसन हुन्छ र रगतमा चिनीको मात्रा पनि छिटो बढउँछ । जसले गर्दा शरीरमा विविध समस्या देखापर्छ ।