NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रवेश पास नवीकरण नहुँदा १२८ नेपाली तिब्बतमै अलपत्र

काठमाडौं । प्रवेश पास नवीकरण नहुँदा १२८ नेपाली चीनको स्वशासित क्षेत्र तिब्बततर्फ रोकिएका छन् । कोरोना भाइरस महामारी सुरु भएसँगै लकडाउनका कारण रोकिएका १२८ नेपाली प्रवेश पास नवीकरण गराउन नपाएपछि तिब्बततर्फ रोकिएका हुन् ।

१८ वैशाखमा दुईतर्फी कार्गो र आवतजावत खुला भए पनि नेपालतर्फ आवतजावत सहज भइसकेको छैन । नाका खुला भएपछि तिब्बतबाट जम्मा एक जना नेपाली हुम्ला आएका छन् । प्रवेश पास नवीकरण नभएको भने उतै रोकिएका छन् ।

‘तिब्बतको ताक्लाकोट आसपासमा मजदुरका लागि पहिले नै गएका १२८ जनाको प्रवेश पासको म्याद सकिएको छ । म्याद नाघेका प्रवेश पास लिएर आउन नपाउने चिनियाँ कानूनअनुसार उहाँहरू उतै हुनुहुन्छ,’ हुम्लाका सहायक प्रजिअ अमृतप्रसाद सुवेदीले भने, ‘सीमानाका सञ्चालन भएपछि तिब्बतबाट जम्मा एक जना फर्किंनुभएको छ ।’

तिब्बतमा रोकिएका सबै हुम्लाबासी हुन् । हुम्लाका स्थानीय बासिन्दाको मजदुरी र व्यापार गर्ने ठाउँ तिब्बतको ताक्लाकोट र आसपासका क्षेत्र हुन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष