NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युरोपा लिगको उपाधि सोभियाको पोल्टामा

काठमाडौं । युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले आफ्नो पोल्टामा पारेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ गोलान्तरमा हराउँदै सोभियाले उपाधि रक्षा गरेको हो ।

युरोपा लिगामा सोभियाको यो सातौं जित हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टिमले बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । पेनाल्टीमा सेभियाका गोन्जालो मोन्टिल, इभान राकिटिच, एरिक लामेला र लुकास ओकाम्पुसले गोल गरे भने रोमाका ब्रायन क्रिस्टान्टेले मात्र गोल गर्न सके । पेनाल्टी सुनआउटको मौका पाएका रोजर इबानेज र जियानलुका मान्सिनीले त्यसको सदुपयोग गर्न सकेनन् ।