NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नबिल बैंकको ३८ शाखा एकै पटक सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज  (बिहीबार) काठमाडौंको एक होटलमा एक कार्यक्रमकाबीच उक्त शाखाहरुको एकैसाथ उद्घाटन गरेको हो ।

‘नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैकिङ सेवा प्रदान गर्न सात वटै प्रदेशमा एकै साथ ३८ वटा शाखा सञ्चालन गरेको बैंकले जनाएको छ । पिछडिएका स्थानमा समेत नबिलको हरेक बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकले जनाएको छ ।

३८ शाखामध्ये बैंकले सबैभन्दा बढी बागमती प्रदेशमा १३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा ८, गण्डकीमा ३, लुम्बनीमा १०, कर्णालीमा १ र सुदुरपश्चिममा २ शाखा सञ्चालनमा लयाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यलले आठ वटा र बैंक निर्वाण चौधरीले आठ वटा शाखा उद्घाटन गरेका हुन् । त्यस्तै बैंक सञ्चालक आशा राणा अधिकारीले आठ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन गरेका हुन् ।