NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जहाजको ढोकासम्म पुगेका यात्रु फर्काउने निगमका कर्मचारी कारवाहीमा

काठमाडौं । नेपाल वायु सेवा निगमका एक कर्मचारी कारबाहीमा परेका छन् । निगमका कर्मचारी गगन ब चन्द कारबाहीमा परेका हुन् ।

बुधबार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि टिकट काटेर बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका यात्रुलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काएका थिए ।  सो सम्बन्धमा गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नदिएपछि चन्दलाई कारबाहीस्वरूप ताप्लेजुङ विमानस्थलमा सरुवा गरेको निगमले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई कारवाही गरेको प्रमाणसहितको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

निगमका अनुसार यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।