NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सेयर बजारमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । बजेट सार्वजनिक पछि निरन्तर घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा कायम भएको छ ।

आज २७२ कम्पनीको २९ हजार ९२२ स्टकको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका कूल १३ उपसमूहमा नै हरियाली छाएको छ । सबैभन्दा धेरै नीर्जीवन १.९३ प्रतिशतले बढेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ ०.५८, विकास बैंक ०.५५, वित्त ०.७६, होटल तथा पर्यटन १.४९, जलविद्युत १.३९, लगानी १.३४, जीवन बीमा ०.९२, उत्पादन १.१७, माइक्रोफाइनान्स ०.७२, म्युचल फण्ड ०.०६, अन्य ०.३० र व्यापार ०.४४ प्रतिशतले बढेको छ ।

आज जोशी हाइड्रोपावरक लगानीकर्ताले सर्वाधिक ६.९४ प्रतिशतका दरले कमाएका छन् भने सनराइज फोकस इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबारका आधारमा प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको सर्वाधिक २३ करोड २१ लाख ३४ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम् सिमेन्टको ११ करोड २५ लाख २ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै एनआइसी एशियाको ४ करोड ५५ लाख ७५ हजार, नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ४१ लाख ६१ हजार र आत्मनिर्भर लघुवित्तको ३ करोड ३१ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष