NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, नेपालमा बढ्ला ?

काठमाडाैं ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य २ रुपैयाँ ४ पैसा बढेर आएको छ । त्यस्तै  डिजेलको मूल्य २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।

आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ ।

यसभन्दा अघि जेठ २ गते निगमले डिजेल र मट्टीतेलको प्रतिलिटर १०/१० रूपैयाँ भाउ घटाएको थियो । पेट्रोलको भाउ भने यथावत नै राखिएको थियो ।

हाल पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ, डिजेल १५५ रूपैयाँ छ ।