कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् ।
कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताएका हुन् ।
‘कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने ।
उनले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ थियो ।
‘कांग्रेसले आजका दिनमा कुशासन, बेथिति र भ्रष्टाचार म हटाउँछु, मुलुकलाई आजभन्दा भोलि राम्रो बनाउँछु, राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्नुपर्छ’, महामन्त्री थापाले भने। कांग्रेस कमजोर नभएको र पुनःनिर्माण सम्भव भएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल
-
सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे
-
त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !
-
सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद
-
छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए
प्रतिक्रिया