NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सार्वजनिक कार्यक्रममा अकस्मात बाइडेन लडेपछि… (भिडियोसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन एउटा सार्वजनिक कार्यक्रममा अकस्मात लड्न पुगेका छन् । कोलोराडोमा एयर फोर्स एकेडेमीले बिहीबार आयोजना गरेको कार्यक्रममा बाइडन लडेका हुन् ।

उक्त एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधनपछि बाइडन क्याडेटसँग हात मिलाउँदै आफ्नो आसनतर्फ जान लागेका थिए । त्यही बेला उनी भुइँमा पछारिएका हुन् ।

भुईँमा पछारिएका उनी वायुसेनाका अधिकारीहरूको सहयोगमा उठेका थिए ।

समाचारहरूमा जनाइएअनुसार, बाइडन एउटा वस्तुमा अल्झिएका थिए ।

राष्ट्रपति लडे पनि उनलाई कुनै चोट नलागेको र अवस्था ठीक रहेको ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटमार्फत बताएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष