NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बिग्रन लागेको परिस्थिति मोदीलाई तीन पटक भेटेर सम्हालेँ : प्रचण्ड

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिग्रन लागेको परिस्थितिलाई आफ्ना भारतीय समकक्षी मोदीसँग भेटेर सुधारेको बताएका छन् ।

शुक्रबार बिहान नयाँदिल्लीमा उपलब्ध नेपाली सञ्चारमाध्यमका सम्पादकसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणको सुरुवातमा बिग्रिएको परिस्थितिलाई मोदीसँग तीन पटक एक्लाएक्लै भेटेर सम्हालेको बताएका हुन् ।

‘‘मोदीसित हिजो मेरो तीन पटक एक्लाएक्लै भेट भयो । त्यसले बिग्रेलाजस्तो भएको कुरा मिल्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक पत्रकारले भने ।

भेटमा प्रचण्डले आफ्नो भारत भ्रमण धेरै राम्रो भएको र यसले ठूलो कुराको सुरुवात भएको दाबी पनि गरेका छन् ।

सीमाबारे मोदीले मुख खोल्नुलाई उनले ठूलो उपलब्धिको रूपमा ब्याख्या गरे ।

चारदिने भारत भ्रमणका लागि प्रचण्ड नेतृत्वको टोली जेठ १७ मा नयाँदिल्ली पुगेको थियो । भ्रमण दौरान विभिन्न सात सम्झौता भएको छ ।