NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

महासचिव भुसाललाई पितृशोक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ ।

उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।