NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिँदैनौं : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले राष्ट्रहितविपरित नागरिकता विधेयक प्रमाणीकरण गरेको तिव्र असन्तुष्टी जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक सम्बन्धमा प्रधानमन्त्रीले सदनलाई जानकारी नदिएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।

प्रधानमन्त्री भारत भ्रमण जानुअघि कस्को स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरेको हो भन्दै तत्काल सदनलाई जानकारी दिन माग गरेका छन् ।

‘प्रधानमन्त्रीले कसको स्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो सो को जवाफ प्रधानमन्त्रीले तत्काल सदनलाई जानकारी दिनुपर्छ । नागरिकता प्रमाणीकरण मात्र होइन, यो राष्ट्रियताको विषय हो सभामुख महोदय प्रधानमन्त्रीले सो को जवाफ नदिएसम्म हामी सदन चल्लन दिँदैनौं’, उनले भने ।

एमालेलगायत विपक्षी दलहरूको अवरोधपछि संसद बैठक एक घण्टाको लागि स्थगित भएको छ ।  संसद्मा आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि छलफलको गर्ने कार्यसूची रहेको थियो । तर विपक्षी दलहरूको निरन्तर अवरोधपछि बजेटमा छलफल नै भएन ।