NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

४८ वर्षमा प्रवेश गरिन् एन्जिलिना, यस्ता छन् उनका चर्चित विवाद

एजेन्सी । विश्वकै सुन्दर अभिनेत्री एन्जिलिना जोली आज ४८ वर्षकी भइन् । उनी १४ वर्षको उमेरमा ‘लिभ इन रिलेसन’ मा बस्ने बालिकाको रुपमासमेत चर्चित छिन् । जब उनी चलचित्र क्षेत्रमा प्रवेश गरिन् उनले आफ्नो छवि पूर्ण रुपमा परिवर्तन गरिन् ।

एन्जिलिनाको ओठलाई संसारमै परफेक्ट ओठको संज्ञा दिइन्छ । उनी तीन असफल विवाहपछि १३ हजार करोडको सम्पत्तिको मालिक बनिन् । सौन्दर्य र चलचित्रको अलवा उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा आइरहन्छिन् । धेरै सौन्दर्य शल्यचिकित्सकहरूले जोलीको शरीरलाई पूर्ण भएको वर्णन गरेका छन्।

२००७ को एक रिपोर्टमा उनको शरीर सौन्दर्यको मानक भएको उल्लेख थियो । २०१७ मा इरानकी सहर तबरले एन्जिलिना जोली जस्तो देखिन ५० वटा शल्यक्रिया गराइन् । शल्यक्रियापछि उनलाई एन्जिलिनाको लुक नक्कल गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।
एन्जिलिना जोलीले आफ्नो ३ दशकको करियरमा २ ओस्कर र २ गोल्डेन ग्लोब अवार्ड हात पारेकी छन् ।

जानौं विश्वको सुन्दरीको रुपमा परिचित एन्जेलिनाको अनौठो हर्कत 

१४ वर्षको उमेरमा लिभ इन

४ जुन १९७५ मा क्यालिफोर्नियामा जन्मिएकी हुन् एन्जिलिना । उनका पिता जोन ह्वाइट हलिउड अभिनेता थिए । एन्जिलिनाको जन्म भएको एक वर्षपछि, उनका आमाबाबुले सम्बन्धविच्छेद गरे । ७ वर्षको उमेरमा एन्जिलिनाले आफ्नो बुबाको फिल्म लुकिङ टु गेट आउटमा काम गरिन् । १४ वर्षको उमेरमा उनी एक युवकसँग प्रेममा परिन् । यी दुईको झागिंएको प्रेमका कारण नै उनले परिवारको विरुद्दमा गएर लिभ इन बसिन् ।

एन्जिलिनाले एक अन्तर्वार्तामा आफूले यसलाई सम्बन्धका रूपमा नभई विवाहजस्तै गाढा ठानेको बताएकी थिइन् । तर उनी १६ वर्ष पुगेपछि भने उनीहरुको सम्बन्धमा दरार आयो र उनीहरु एक अर्कासँग छुटिए । यसपछि भने उनले आफ्नो अभिनयलाई गम्भीरतापूर्वक लिइन् ।

दुई पटक आत्महत्याको प्रयास

एन्जिलिना केही समय डिप्रेसनको सिकार भएकी थिइन् । त्यहि समय उनले आफूलाई मार्ने कोशिस गरेकी थिइन् । १९ वर्षको उमेरमा उनले एक कन्ट्र्याक्ट किलरला हायर गरेर आत्महत्याको योजना बनाएकी थिइन् तर उक्त योजना सफल हुन पाएन् । त्यसपछि फेरी उनले २२ वर्षको उमेरमा मर्ने कोशिस गरेकी थिइन् । २४ वर्षको उमेरमा भने उनलाई गम्भीर नर्भस ब्रेकडाउनका कारण अस्पतालको मनोचिकित्सक वार्डमा भर्ना गरिएको थियो ।

बिहेको टिसर्टमा श्रीमानको नाम रगतले लेखिन्

सन् १९९५ मा आएको चलचित्र ‘ह्याकर’को सुटिङका क्रममा एन्जिलिनाको सहकलाकार जोनी ली मिलरसँग अफेयर भयो। पछि यी द्वयले सन् १९९६ मा अचानक विवाह गरे । अनौठो कुरा के छ भने उनी आफ्ना विवाहमा प्यान्ट र टिसर्टमा पुगेकी थिइन् । जसमा एन्जिलिनाले आफ्नो रगतले टीशर्टमा श्रीमान जोनी ली मिलरको नाम लेखेकी थिइन्। यधपी विवाहको एक वर्षपछि सन् १९९९ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

स्तन क्यान्सरको डरले दुवै स्तन हटाइन्

सन् २०१३ मा एन्जेलिना जोलीलाई स्तन क्यान्सरको ८७ प्रतिशत जोखिम देखियो । जसको डरले उनले आफ्नो दुवै स्तन हटाएकी थिइन् ।

एन्जिलिनाका सन्तानको सबैभन्दा महँगो तस्बिर ११५ करोडमा बिक्यो

सन् २००८ मा एन्जेलिनाले आफू जुम्ल्याहा बचको आमा बन्न लागेको घोषणा गरिन् । उनले १२ जुलाई २००८ मा दुई सन्तान, नक्स र भिभियनलाई जन्म पनि दिइन्। उनीहरुको बच्चाको पहिलो तस्बिर पिपुल एण्ड हेलो म्यागजिनले १४ मिलियन डलर अर्थात् ११५ करोडमा किनेको थियो । यो संसारकै महँगो सेलिब्रेटीको तस्बिर मानिन्छ ।

श्रीमानको रगतको लकेट लगाउथिन्

सन् २००२ मा, एन्जेलिनाले अभिनेता बिली बब थर्नटनसँग विवाह गरेकी थिइन्। यी दुईको भेट फिल्म पुशिङ टिनको सेटमा भएको थियो । तर त्यतिबेला बिलीले अभिनेत्री लौरा डर्नसँग इन्गेजमेन्ट गरेका थिए । दुवैबीचको सम्बन्ध त्यतिबेला छताछुल्ल भएको थियो । जब उनीहरुको सम्बन्ध सार्वजनिक भयो तब उनीहरु दुबैले एक अर्काको रगतको लकेट लगाउने गरेको खुलेको थियो । एन्जिलिना र बबको केही समयपछि सम्बन्धविच्छेद भयो।

केटी साथीसँग विवाह गर्न चाहन्थिन्

जोनी ली मिलरसँगको विवाहको क्रममा एन्जेलिना जोलीको मोडल तथा अभिनेत्री जेनी शिमिजुसँग सम्बन्ध थियो । यी दुईको भेट सन् १९९६ मा फक्सफायरको सुटिङका क्रममा भएको थियो । उनले सन् ९९७ मा भनेकी थिइन्– यदि म जोनीसँग विवाह नगरेको भए जेनीसँग विवाह गर्ने थिएँ । म उसलाई पहिलो पटक देख्दा प्रेममा परें। जेनीका अनुसार यी दुई रिलेसनसिपमा हुँदा पनि एन्जेलिनाको अरु धेरैसँग सम्बन्ध थियो ।

ताजा अपडेट

नेपालवाच विशेष