NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं’

एजेन्सी । भारतका रेलमन्त्री अश्विनी वैष्णवले भर्खरै उडिसामा भएको रेल दुर्घटना र  दशकौंदेखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।

‘यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन ।’ मन्त्रीले भने।

‘हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं,’ भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।

विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि  जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने उनको तर्क छ ।