NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसदमा प्रतिपक्ष दलहरूले संसद अवरूद्ध गरेपछि सभामुख देजराज घिमिरेले बैठक एक घण्टाको लागि स्थगित गरेका थिए । सोही बैठक अब भोलि हुने भएको हो ।

प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध जनाउँदा प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । यसै गरी, विपक्षी दलकाे अवराेधले राष्ट्रसभा बैठक पनि स्थगित भएकाे छ ।