बालुवाटारमा देउवा–प्रचण्डबीच छलफल, सरकारलाई पूर्णता दिलाउने सहमति
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकार विस्तारका विषयमा छलफल भएको हो । बिहान साढे ९ बजेतिर दुई जनाबीच छलफल भएको हो ।
छलफलपछि उनीहरु दुवै जना अहिले बाहिरिएका छन् । आज गठबन्धनकै बैठक बस्ने भनिएको थियो । तर, बिहान दुई जनाबीचमा मात्रै छलफल भएको छ ।
मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए ।
प्रधानमन्त्री देउवा सिंहदरबार जाँदै छन् । अहिले केहीबेरमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूको सपथको कार्यक्रम छ ।
प्रतिक्रिया
Facebook Comment