रुपन्देहीका २२५० कार्यकर्ताले नेकपा छाडे

नेपाल वाच/प्रदेश पाँचको राजधानी बुटवलबाट दाङ लाने गरी पार्टी निर्णय गर्दै ह्वीप लगाएको विरोधमा नेकपाका बाइस सय ५० कार्यकर्ताहरुले राजीनामा दिएका छन् । नेकपा निकट उद्योगी व्यवसायीहरुले प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट दाङको देउखुरी लाने गरी पार्टीले गरेको निर्णयमा असहमति जनाउँदै विरोधस्वरुप पार्टीबाट सामूहिक राजीनामा गरेका हुन् । व्यवसायीहरुले सांसदको अधिकार बञ्चित गर्नेगरी ह्वीप लगाएर अपमानित तरिकाले राजधानी सार्ने निर्णय लिएको भन्दै आपत्ति जनाएका छन् । उद्योग वाणिज्य संघ, उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ, रुपन्देही उद्योग व्यापार महासंघ, पश्चिम नेपाल बस व्यवसायी पालिसहितका विभिन्न ५० वटा संघ संस्थामा आवद्ध नेकपाका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले नेताहरुले कार्यकर्ता र मतदाताको अपमान गरेको आरोप लगाए । प्रदेश सरकारको स्थायित्वको लागि संघ संस्थाहरुले भौतिक संरचनाको विकासको लागि सहयोग गरे पनि सहयोगको अबमूल्यन गरी राजधानी नै सार्ने गरी कदम अघि बढाएकोमा आपत्ति जनाए ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया