अनसन तोड्न केसीलाई सरकारी टोलीको आग्रह

नेपाल वाच/२३ दिनदेखि अनसनरतः डा. गोविन्द केसीलाई सरकारी टोलीले अनसन तोड्न आग्रह गरेको छ । शिक्षासचिव गोपीनाथ मैनालीसहितको ३ जनाको टोली आमरण अनसनरतः केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो । टोलीले सरकारको तर्फबाट अनसन तोड्न आग्रह गरेको जानकारी दिए । तर, केसीले सरकारी वार्ता टोली गठन भएपछि मात्रै अनसन तोड्ने बताएका छन् । लामो समयसम्म अनसन बसेकाले केसीको स्वास्थ्य स्थित कमजोर बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारको माग राखी पटकपटक अनसनमा बसे पनि सरकारले आश्वासन दिने तर माग पूरा नगरेको भन्दै केसी नियमित अनसन बस्दै आएका छन् ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया