NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १८ गते

प्रदेश ५ को नाम अब लुम्बिनी

नेपाल वाच रस्साकस्सीका बीच प्रदेश पाँचको राजधानी दाङ दुई तिहाईले पारित भएपछि प्रदेशको नामको पनि टुंगो लागेको छ । प्रदेशसभामा भएको भोटिङमा लुम्बिनी नामले दुई तिहाई बढी मत प्राप्त गरेको हो । प्रदेशका ८७ सांसदमध्ये सहभागी ८३ जनाले भोट हाल्दा लुम्बिनीका पक्षमा ७९ मत खस्यो । विपक्षमा जम्मा चार मत मात्रै खस्यो । दाङ राजधानी हुन नहुने भन्दै विपक्षमा मत हालेका कांग्रेसका १३ सांसदले लुम्बिनी नामका पक्षमा भने भोट हालेका छन् । राजधानी दाङका पक्षमा ६९ मत परेको थियो । जसमा नेकपाको ६१, कांग्रेसको पाँच र अन्य तीन मत परेको थियो ।